दफा ८५
अर्थ मन्त्रालयले कुनै अधिकारीलाई तोक्न सक्ने
(१) भन्सार अधिकृत वा अन्य कर्मचारी समेत मिली यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गर्न लागेको वा गरिरहेको वा गरेको छ भन्ने उजूरी परेमा अर्थ मन्त्रालयले सो काम सम्बन्धी कारबाही गर्न अर्को भन्सार अधिकृत वा अन्य अधिकारीलाई तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको अधिकारीले त्यस्तो कारबाही यस ऐन बमोजिम गर्नु पर्नेछ ।